माओवादी पदाधिकारीको कार्य विभाजन- अग्नि सापकोटा प्रचार विभाग, जनार्दन र वर्षमानलाई प्रदेश इन्चार्जको जिम्मेवारी – Nepal Press

माओवादी पदाधिकारीको कार्य विभाजन- अग्नि सापकोटा प्रचार विभाग, जनार्दन र वर्षमानलाई प्रदेश इन्चार्जको जिम्मेवारी

माओवादीमा फेरिए सातै प्रदेश इन्चार्ज कसलाई कहाँ जिम्मेवारी ? (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका छन् ।

प्रस्तावित जिम्मेवारीअनुसार अग्नि सापकोटा प्रचार विभाग तोकिएको छ । प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई प्रस्ताव गरिएको छ ।

पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरी सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने माओवादी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

हेर्नुस् कुन नेतालाई के जिम्मेवारी ?

उपाध्यक्षः कृष्णबहादुर महरा,पार्टी एकता र समाजवादी मोर्चा

उपाध्यक्षः अग्निप्रसाद सापकोटा,प्रचार प्रसार विभाग प्रमुख

पम्फा भुसाल- जनवर्गीय संगठन इन्चार्ज

१) वर्षमान पुन- विशेष प्रदेश इञ्चार्ज

२) चक्रपाणि खनाल- कोशी प्रदेश इञ्चार्ज

३) लीलामणि पोखरेल- मधेश प्रदेश इञ्चार्ज

४) जनार्दन शर्मा- बागमती प्रदेश इञ्चार्ज

५) देवेन्द्र पौडेल- गण्डकी प्रदेश इञ्चार्ज

६) हितमान शाक्य- लुम्बिनी प्रदेश इञ्चार्ज

७) मात्रिका यादव- कर्णाली प्रदेश

८) डिलाराम आचार्य- सुदूरपशिम प्रदेश इञ्चार्ज


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर