पूर्व भारतीय क्रिकेटर पाल्सिकर नेपाली महिला टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त – Nepal Press

पूर्व भारतीय क्रिकेटर पाल्सिकर नेपाली महिला टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त

काठमाडौं। नेपाली महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा पूर्व भारतीय क्रिकेटर देवीका पाल्सिकर नियुक्त भएकी छिन्।

नेपाल क्रिकेट संघ-क्यानले पाल्सिकरलाई ब्याटिङ प्रशिक्षकको जिम्मेवारी दिएको हो।

नेपाली महिला क्रिकेटमा यसअघि कुनै पनि विदेशी महिला प्रशिक्षक आएका थिएनन्। नेपालले टी-२० विश्वकपको एसियाली छनोटको तयारी गरिरहेको छ।

४४ वर्षीया पाल्सिकरले भारतको सिनियर राष्ट्रिय टोलीबाट एउटा टेस्ट र १५ वटा एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छिन्।

श्यामसनजङ्ग थापालाई नै क्यानले प्रमुख प्रशिक्षकको जिम्मेवारी दिइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *