उर्लिँदै महाकाली- डडेल्धुरा र कञ्चनपुरका लागि ‘अलर्ट’ जारी – Nepal Press

उर्लिँदै महाकाली- डडेल्धुरा र कञ्चनपुरका लागि ‘अलर्ट’ जारी

कैलाली । महाकाली नदीको जल सतहले सतर्कता तह पार गरेको छ । डडेल्धुरास्थितपारि गाउँ बाढी मापन केन्द्रका अनुसार जल सतह सतर्कता तह (५.८० मि) पार गरेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए ।

जल सतह खतरातर्फ केन्द्रित भइरहेको हुँदा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरिसकेको उनले जानकारी दिए ।

‘अहिले जल सतह मध्यम खतरामा छ’ प्रजिअ न्यौपानेले भने, ‘अझै खतरा हुन सक्छ , हामीले डडेल्धुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिसकेका छौं ।’

जल तथा मौसम विज्ञान विभागले पनि आज बिहान ८:५० बजे सूचना जारी गरी महाकाली नदीमा ठूलो बाढी आएकाले डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन परामर्श दिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *