केन्द्रीय समिति बैठक सक्नुअघि माओवादीको पदाधिकारी बैठक बालुवाटारमा – Nepal Press

केन्द्रीय समिति बैठक सक्नुअघि माओवादीको पदाधिकारी बैठक बालुवाटारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको प्रेस सल्लाहकारमा गोविन्द आचार्य गोविन्द आचार्यले बताए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन परिमार्जनलगायतको विषयमा छलफल भइरहेको बताइएको छ।

बुधवारबाट जारी केन्द्रीय समितिको बैठक आज टुंगाउने माओवादीको तयारी छ। बैठकको निर्णय तयारी गर्नको लागि पदाधिकारी बैठक बसेको हो। बैठकमा आज पनि नेताहरूले धारणा राख्ने क्रममा जारी छ।

नेताहरूलाई बोल्नको लागि दिउँसो १ बजेसम्मको समय छुट्याइएको छ। त्यसपछि अध्यक्ष प्रचण्डले जवाफ दिँदैछन्। बोल्न बाँकी सदस्यहरूलाई लिखित रूपमा आफ्नो धारणा पेश गर्न भनिएको छ। बैठकमा पार्टी नेतृत्वको चर्को आलोचना भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर