उत्तराखण्ड पहिरोमा बेपत्ता १७ को खोजी कार्य जारी – Nepal Press

उत्तराखण्ड पहिरोमा बेपत्ता १७ को खोजी कार्य जारी

उत्तराखण्ड । रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका १७ जनाको खोजीका लागि बिहान ५ः३० बजेदेखि उद्धार सुरु भएको छ ।

एनडीआरएफ, एसडीआरएफ र अन्य संगठनका जवानहरू खोजीमा लागेका छन्।

जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले बिहानैदेखि उक्त क्षेत्रमा हल्का वर्षा भइरहेको बताए । जसकाकारण उद्दार र खोजी कार्यमा समस्या भइरहेको छ ।

रुद्रप्रयागमा खराब मौसमका कारण मुख्यमन्त्री पुष्कर सिंह धामीको गौरीकुण्ड भ्रमण रद्द भएको छ ।

सन् २०१३ मा केदारनाथमा पहिरो र बाढीमा ४५०० मानिसले ज्यान गुमाएका थिए।

गौरीकुण्ड पहिरो दुर्घटनाले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोको राष्ट्रिय रिमोट सेन्सिङ सेन्टरको नक्साले पहिरो रिपोर्टको पुष्टि गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर