अर्थमन्त्री भन्छन्- निर्माण व्यवसायीलाई अहिले बजेट दिन सकिने अवस्था छैन – Nepal Press

अर्थमन्त्री भन्छन्- निर्माण व्यवसायीलाई अहिले बजेट दिन सकिने अवस्था छैन

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले श्रोत सुनिश्चितताको कमीका कारण निर्माण व्यवसायमा समस्या देखिएको बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल अडिटर्स एशोसिएशन (अडान) को १८ औँ अडान डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले श्रोत सुनिश्चितताको अभावका कारण निर्माण व्यवसायमा देखिएका समस्या समाधानका भरपाईको श्रोत नभएको बताए । मन्त्री महतले हरेक क्षेत्रमा समस्या भएझैँ राज्य संयन्त्रमा पनि समस्या रहेको र त्यो समस्या कार्यान्वयनको पक्षमा रहेको बताए ।

उनले घोषणा गर्ने तर त्यसको श्रोत सुनिश्चितताको बारेमा नसोच्ने कारण धेरै समस्या सिर्जना भइरहेको बताए । उनले भविष्यको निर्णय गर्ने तर श्रोतको बारेमा जानकारी नराख्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताए ।

अर्थमन्त्री महतले विचार नगरी गरिएका निर्णयका कारण समस्या उत्पन्न भएको भन्दै ती समस्या समाधानका लागि केही समय लाग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर