फिडेल क्यास्ट्रोले आफ्नै ५ कमान्डरलाई फाँसी दिए, हामीपनि आफैँप्रति निर्मम बन्नुपर्छ : गिरिराजमणि – Nepal Press

फिडेल क्यास्ट्रोले आफ्नै ५ कमान्डरलाई फाँसी दिए, हामीपनि आफैँप्रति निर्मम बन्नुपर्छ : गिरिराजमणि

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले नारायणकाजी श्रेष्ठ (प्रकाश) सहित प्रचण्ड नेतृत्वले कम्युनिस्ट आन्दोलनमा अतुलनीय योगदान हुने आफ्नो भविष्यवाणी अहिले प्रमाणित भएको दाबी गरेका छन् ।

केन्द्रीय समिति बैठकमा शनिवार आफ्नो धारणा राख्ने क्रममा पोखरेलले नारायणकाजीको एक्सनले प्रचण्डलाई सफल बनाउने आशय व्यक्त गरेको एक नेताले बताए ।

पोखरेलले बैठकमा भने– मैले पार्टी एकताको बखतमा नै भनेको थिए क प्रकाश सहितको प्रचण्डको नेतृत्वले नेपाली कम्युनिष्ट आन्दोलनमा अतुलनीय योगदान हुन्छ । आज प्रचण्डको नेतृत्व र नारायणकाजीको सक्रियतामा चलेको भ्रष्टाचार विरोधी आशाबर्दक अभियानले त्यही कुरा प्रमाणित भएको छ ।

पोखरेलले भ्रष्टाचार र सुशासनको पक्षमा अभियान निर्ममतापूर्वक अगाडि बढाउनु भन्दै क्रान्तिको निशाना आफैलाई बनाऊ भन्ने माओको भनाई स्मरणीय रहने बताए ।

उनले भने– क्युवामा क्रान्तिमा फिडेल क्यास्ट्रोले भ्रष्टाचारमा संलग्न आफ्ना ५ जना कमान्डरलाई मृत्युदण्ड दिएका थिए । चीनमा पनि त्यही प्रकारको दण्ड दिने गरेको छ । यो अभियान पार्टी भित्र हामीले पनि चलाउनु पर्छ ।

नेता पोखरेलले पूँजीवादी पार्टीले समाजवादी क्रान्ति गर्न नसक्ने भन्दै कृषिमा आत्मनिर्भरताको अभियान चलाइनुपर्ने बताए ।

त्यसका लागि उनले राजनीतिक पार्टी, विज्ञ र गैरआवसीय नेपालीहरूको प्रतिनिधित्व हुने गरी विकास प्राधिकरण गठन गर्ने र विकास समृद्धिमा गैरआवसीयहरुलाई पनि समावेश गराउने प्रस्ताव समेत राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर