हाइलाइफ समूहले सेवा बिस्तार गर्दै, खुद्रा व्यवसायीले जिते उपहार – Nepal Press

हाइलाइफ समूहले सेवा बिस्तार गर्दै, खुद्रा व्यवसायीले जिते उपहार

रुपन्देही । रुपन्देहीबाट व्यावसायिक यात्रा सुरु गरेको हाइलाइफ समूह केही वर्षदेखि काठमाडौंमा कर्पोरेट कार्यालय खोली बजार बिस्तारमा केन्द्रित रहेको छ ।

हाइलाइफ ब्राण्डका चिउरा, कर्नफ्लेक्स, ओट्स, चिया सिड्स, सोयानि, ग्रीन टी लगायतका प्रडक्ट बजारमा लोकप्रिय छन् । कम्पनीले एक महिना अगाडिबाट चिजबल लगायतका स्न्याक्सहरु पनि बजारमा सार्वजनिक गरेको छ ।

स्न्याक्सका प्रडक्टमा पनि बजारबाट राम्रो प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना उत्पादन विदेशका विभिन्न देशमा पनि बिक्री वितरण गर्दै आएको छ ।

हाइलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडको उत्पादन कुरुम कुरुम चिउराको खरिदमा धेरै रिटेलर (खुद्रा) व्यवसायीहरूले उपहार जितेका छन् । कम्पनीले हाइलाइफ चिउरा बिक्री वितरण गर्दै आएका खुद्रा व्यवसायीलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको थियो ।

शनिवार काठमाडौंमा आयोजित लक्की ड्र कार्यक्रमबाट उक्त उपहारका विजेताहरू छनोट भएका हुन् ।

हाइलाइफ चिउरा खरिदबाट २ जना खुद्रा व्यवसायीले पल्सर १५० सिसीको बाइक उपहार जितेका छन् । बाइक विजेताहरूमा लक्की नम्बर २१९९९२ र १४०७३८ रहेका छन् । त्यस्तै २ जनाले स्कुटर उपहार जितेका छन् । स्कुटर जित्नेहरुमा कुपन नंं २६५१८५ र २१०३३४ का व्यवसायी छन् ।

तेस्रो भाग्यशाली विजेतामा कुपन नं १५१२२५ र २६७५३३ रहेको छ । उनीहरूले एलजी एसी उपहार जित्न सफल भएका छन् । चौथो उपहार जित्ने कुपन नं। मा १७३३८१ र १०४०८८ रहेका छन् । उनीहरूले २५३ लिटरको सामसुङ फ्रिज उपहार जित्न सफल भए ।

त्यसैगरी हाइलाइफ चिउरा खरिदमा भाग्यमानी बनेर ३ जनाले लेनेभो ल्यापटप उपहार जितेका छन् । ल्यापटप विजेतामा कुपन नंं १४६३१५, १२४२४४ र १०५२१४ रहेका छन् । सान्त्वना पुरस्कार विजेता कुपन नं।मा ११५३७८, १२७२४०, १८२७६२, १५८३९४, १०५११६, १४७९३८, १०९८४८, १६३५९७, २६९७७१ र १२७८८९ छन् ।

उनीहरूले एक कार्टुन चिउरा उपहार प्राप्त गरेका छन् । कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेल, सञ्चालक पंकज ज्ञवालीसहित पत्रकारहरू, कम्पनीका कर्मचारीहरूले लक्की ड्र कुपन थुतेका थिए ।

विजेताहरूलाई छिट्टै उपहार हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । हाइलाइफ चिउरा खरिदमा पहिलो चरणमा रिटेल पसलहरूका लागि बम्पर उपहार योजना ल्याएको र भदौबाट ग्राहकका लागि आकर्षक उपहार योजना ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ ।

हाइलाइफका सबै प्रडक्टहरू स्वस्थकर रहेको सञ्चालक पंकज ज्ञवालीले बताए । हाइलाइफ नेपाली बजारमा एफएमसिजी प्रडक्ट बिक्री वितरण गर्दै आइरहेको प्रसिद्ध ब्राण्ड हो ।

हाइलाइफले नेपाली बजारमा एफएमसिजी ब्राण्डमा आक्रामक रूपमा बजार बिस्तार गर्न सफल छ । देशव्यापी नेटवर्कमार्फत हाइलाइफका प्रडक्ट बिक्री हुँदै आइरहेको ज्ञवालीले जानकारी दिए ।

हाइलाइफका उत्पादनहरू नेपालमा लोकप्रिय बनेको उक्त अवसरमा बोल्दै कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए ।

भाग्यशाली विजेताहरूलाई बधाई ज्ञापन गर्दै उनले स्वदेशी ब्राण्डलाई माया गर्न आम व्यवसायी तथा उपभोक्ताहरूलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर