सुख्खा पहिरो खसेर अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा – Nepal Press

सुख्खा पहिरो खसेर अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ मुग्लिन सडकको जलविरेमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको बाटो खुलेको छ ।

कही बेरअघि प्रहरी र सडक विभागका कर्मचारीले बाटो खुलाइ यातायात सञ्चालन गरेका हुन् ।

दिउँसो करिब साढे २ बजेबाट इच्छाकामना गाउँपालिका ६, मा पर्ने जलबिरेमा सुख्खा पहिरो खसपछि बाटो बन्द भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार सुख्खा पहिरोको कारण दुबैतर्फ अवरुद्ध करिब दुई घण्टापछि सञ्चालनमा आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *