रुद्रप्रयाग पहिरो : तीन जनाको मृत्यु, १७ बेपत्ता – Nepal Press

रुद्रप्रयाग पहिरो : तीन जनाको मृत्यु, १७ बेपत्ता

रुद्रप्रयाग । रुद्रप्रयाग पहिरामा परी तीन जनाको मृत्यु भएको छ । अन्य १७ जना हराइरहेका सरकारी अधिकारीहरूले शनिवार बताएका छन् ।

केदारनाथ धामभन्दा १६ किलोमिटर वर अवस्थित रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा शुक्रवार गएको पहिरामा परी तीन जनाले ज्यान गुमाएका तथा अन्य १७ जना हराएका रुद्रप्रयाग जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिराले सडक किनारका पसल र खाना खाने ढावालाई समेत बगाएको छ । दुर्घटनाका बेला ती पसलमा चार जना स्थानीय तथा १६ जना नेपाली मूलका नागरिक थिए । राज्यको विपद् प्रतिकार्य बलले खोजी जारी राखेको छ ।

यसैबीच आज बिहान गङ्गोत्री राष्ट्रिय राजमार्गमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । पहिराका कारण बाटो अवरुद्ध हुँदा गङ्गोत्री धामको यात्रामा रहेका तीर्थयात्रीको बिचल्ली भएको छ ।

राज्यको विपद् व्यवस्थापन विभागका अनुसार यो वर्षको वर्षायाम प्रारम्भ भएयता बाढीपहिरोमा परी ३१ जनाले ज्यान गुमाएका छन् । भने ३१ जना घाइते भएका छन् । एक हजार एक सय ७६ घर भत्केका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर