घरायसी विवाद हुँदा कञ्चनपुरमा चक्कु प्रहार गरी श्रीमतीको हत्या – Nepal Press

 घरायसी विवाद हुँदा कञ्चनपुरमा चक्कु प्रहार गरी श्रीमतीको हत्या

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी– ७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ ।

“प्रारम्भिक अनुसन्धानबाट घरायसी बिबादमा श्रीमानले चक्कु प्रहार गरी हत्या गरेको देखिन्छ”, प्रहरी निरीक्षक साउँदले भने–“घटनाबारे थप अनुसन्धान भइरहेको छ ।” चक्कु प्रहारबाट गम्भीर घाइते द्रोपतीको उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र दोधारा चाँदनी लैजाने क्रममा  बाटोमै मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *