मधेशका मुख्यन्यायधिवक्ता ठाकुरमाथि झुटो आरोप लगाइएकोमा आपत्ति – Nepal Press

मधेशका मुख्यन्यायधिवक्ता ठाकुरमाथि झुटो आरोप लगाइएकोमा आपत्ति

जनकपुरधाम । मधेश प्रदेशका मुख्यन्यायधिवक्ता वीरेन्द्र कुमार ठाकुरले हिंसा गर्न खोजेको गुहारकोमा उनले नै कर्मचारीको आचरणविपरित काम गरेको न्यायाधीवक्ताको कार्यालयले जनाएको छ । ।

कार्यालय सहयोगी अनिलाले आफू मुख्यन्यायधिवक्ता ठाकुरबाटै असुरक्षित बनेकाले सुरक्षा र कारवाहीका लागि मुख्यमन्त्री सरोज कुमार यादवलाई गुहारेकी हुन् । उनी मुख्यमन्त्री यादवलाई साउन १४ मा दिएको उजुरी सार्वजनिक भएपछि घटना बाहिरिएको छ ।

सहयोगी अनिला मुख्यन्यायधिवक्ताको कार्यालयमा विगत ६ वर्षदेखि कार्यरत छन् । उनी मधेश आन्दोलनका शहिद रामविवेक यादवकी श्रीमती हुन् । एक शहिद परिवार एक रोजगार अनुरुप तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले उनलाई करारमा सहयोगी नियुक्त गरेका थिए ।

महोत्तरी घर भएकी अनिलाले मुख्यन्यायधिवक्ता ठाकुरले मानसिक यातना दिएको र अप्रत्यक्ष रुपमा यौन दुर्व्यवहार गरेको आरोप लगाइन् ।  आफूमाथि कुनै पनि प्रकारको हिंसा गर्न सक्ने भन्दै उनी सुरक्षा मागिन्

केही दिनअघि उनले आचरणविपरित काम गरेको र लुकी लुकी कार्यालयमा भएका बैठकहरुको भिडिओ खिच्नेगरेको प्रमाणसहित भेटिएपछि कारवाहीबाट बच्न झुटो आरोप लगाएको दावी कार्यालयको छ ।

मुख्यन्यायधिवक्ताको कार्यालयले भने विज्ञप्ती जारी गरेर मुख्यन्यायधिवक्ता ठाकुरमाथि लागेको आरोपमा सत्यता नभएको दावी गरेकाे छ । उक्त विज्ञप्तीमा भने हस्ताक्षर कसैको छैन ।

करारको म्याद थप गर्ने विषयलाई लिएर आफ्नो चरित्र हत्या गर्न खोजिएको विज्ञप्तीमा उल्लेख छ । भनिएको छ, ‘म्याद थप नगर्ने विषय उठान गर्दा मैले नियुक्ति गर्ने व्यक्ति समक्ष निवेदन पेश गरेको हुँ भनेर बोलेको कुरा कार्यालय सहयोगी अनिलाले ने सोही कार्यकक्षमा लुकाई छिपाई अनुमति विना लिएको भिडियोबाट समेत देखिन आएको छ । सहयोगी अनिलाले नै म्याद थप गर्ने विषयलाई नै लिएर मेरो चरित्र हत्या हुने गरी निवेदन प्रस्तुत गरेको विषय निजले तयार गरेको भिडियोबाट नै खण्डन गरेको प्रमाण समेत मसँग सुरक्षित रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर