वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्थालाई कर्मचारीको विवरण बुझाउन सात दिनको म्याद – Nepal Press

वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्थालाई कर्मचारीको विवरण बुझाउन सात दिनको म्याद

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानुपूर्व अभिमुखीकरण तालिम दिने संस्थासँग कर्मचारी विवरण माग गरेको छ ।

विभागले एक सूचना जारी गर्दै संस्थालाई तोकिएको मापदण्ड अनुसार काम नगरेको गुनासो आएपछि कर्मचारी विवरण माग गरेको हो ।

विभागको नियमित अनुगमन तथा आकस्मिक अनुगमनलेसमेत अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पालना नगरेको पाइएको विभाग उपसचिव एवम सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।

उनका अनुसार विभागले यस्ता संस्थालाई तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण ७ दिन भित्र बुझाउन सूचना जारी गरेको हो । कर्मचारी विवरण अध्यावधिक नगरे यस्तो संस्थालाई कारवाही गरिने विभागले चेतावनी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *