सुन प्रकरणमा जोडिएका नेताहरुको सफाइ माओवादीले दिन सक्दैन : लेखनाथ दाहाल (भिडिओ) – Nepal Press

सुन प्रकरणमा जोडिएका नेताहरुको सफाइ माओवादीले दिन सक्दैन : लेखनाथ दाहाल (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ दाहालले लाभको पदमा बस्नेहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकमा आफूले सार्वजनिक लाभको पदमा बस्ने मन्त्री, राजदूतलगायतको गम्भिर समीक्षा गर्नुपर्ने बताए ।

भ्रष्टाचारको जरा पुगेको ठाउँसम्म सरकार पुग्नुपर्ने बताए । पार्टीको नेताको नाम जोडिएपछि आफूले स्पष्टीकरण दिनुको सट्टा छानबिनको लागि सरकारलाई सहयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘महराजीले पनि मेरो संलग्नता छैन । जुन टेलिफोन नम्बर मैले प्रयोग गरेको छैन भन्नुभएको छ । तर, प्रश्न उठेपछि सरकारको निकायले अनुसन्धानको लागि अर्कोृ विज्ञप्ति जारी गर्नुपर्छ ।’
अपराध कार्यमा संलग्न भए दण्डित र नभए सफाइ पाउनुपर्ने बताए ।

उनले भने, ‘अहिले हाम्रा नेताहरुको सफाइ माओवादीले दिन सक्दैन । सरकारका संरचनाहरु छन् । अनुसन्धान गर्ने निकायहरु छन् । संलग्नता पुष्टि गर्नको लागि अनुसन्धानलाई सत्यको जगमा उभिएर छानविन गरेपछि सफाइ प्राप्त हुन्छ भन्ने हामीलाई विश्वास छ । उहाँहरु हुनुहुन्न। तर, हामीले अहिले नै संलग्न हुनुहुन्न भन्न सकिँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर