विमानस्थल भन्सार कार्यालयले निकाल्याे सूचना, नेपालीले कति सुन ल्याउन पाउँछन् विदेशबाट ?


काठमाडौं । केही दिनअघि अवैधरुपमा भित्रिएको करिब एक क्विन्टल सुन चाँजपास गरेको त्रिभुवन भन्सार कार्यालयले कति सुन ल्याउन पाउने र कति नपाउने भन्दै सूचना जारी गरेको छ । कार्यालयका अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले महिलाको हकमा ५० ग्राम सम्मको सुनमा भन्सार तिर्नुपर्दैन भने पुरुषको हकमा २५ ग्रामसम्मको भन्सार लाग्दैन ।
एक जना व्यक्तिले थप २०० ग्रामसम्म भन्सार तिरेर ल्याउन पाउँछन् । यस्तै, गहनाको आकार मात्र दिएर बनाइएका बेरुवा अौठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नभएका गहनाको मान्यता नहुने भन्सार कार्यालयले स्पष्ट पारेको छ ।
यता मोबाइलको हकमा आफुले प्रयोग गरिरहेको ल्याउँदा भन्सार लाग्दैन भने श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी काम गरेका यात्रुले आफ्नो साथमा थप एक थान मोवाइल भन्सार नतिरी ल्याउन पाउँछन् ।
यस्तै, टेलिभिजनको हकमा श्रम स्वीकृति लिइ लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा आवद्ध भएका नेपाली यात्रुले जुनसुकै आकार प्रकारको टेलिभिजन ल्याउँदा भन्सार तिर्नुपर्दैन । यदि सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको अवस्थामा भने यात्रुले ३२ इन्चसम्मको टिभी मात्र भन्सार नतिरी ल्याउन पाउँछ ।
अति नै अांखा लाईस बैदेसिक राेजगारि मा श्रम बेचेर फर्केका हरु माथि😡😡😡😡
Kasle jaa vanyaxa ta bidesh ! Gau Mai khet jotera base vaigo ta ! Sarkar le janu Deko xa ra po
Kasle jaa vanyaxa ta bidesh ! Gau Mai khet jotera base vaigo ta !
हामी सबै जतिपनि प्रदेशी दाजुभाई दिदी बहिनी हुनुन्छ नेपाल पैसा रेमिटेन्स बन्द गरौँ हुन्डि बाट पठाऔँ अनि खान्छ लोप्पो
यो सीमा सर्वसाधारणलाई मात्र लागू हुन्छ तस्करलाई होईन भनेर पुछारमा थप नालायक भ्रष्ट हो ।
Nepalma purush ra mahilako lagi bibhed niti lagu bhayeko ho kina 25 ra 50 gram ho ?
खुबै बाहादूरी नियम निकालिस ।
कति सम्म दुखी गरिब लाई लुट्छ्स लुट भन्सारका कर्मचारी ।अर्काको रगत पसिना बगाएको माथी कति आँखा लाउछ्स हे।तलाई जनताको कर बाट तलब भत्ता खाएर पुगेन है?ठाँउ मा भएको ले जेजे गरे पनि ढाक छोप हुने रहेछ।कानुन सोझा साझालाई मात्रै हो?सरकार
बनेको होस वा काचो कम्तिमा पाच तोला ल्याउन पाइनु पर्छ।
जाबो २५ग्राम ? नल्याउनु ल्याइसकेपछि ८_१० तोला सम्म ल्याउन दिए भैगो नि । आखिर नियम लगाउने सर्वसाधारण लाई त रछ नी । तस्करलाई नियम कानुन क्यै लाग्दो रैनछ यो देशाँ ।
महिला र पुरुषमा विभेद किन जति महिलालाई दिन्छ त्यति पुरुषलाई र जाति पुरुषलाई दिन्छ त्यति महिला लाई दिनुपर्छ| नियम कानून सबैको लागि बराबर होईन त| थाहा नभएको झैं नगरम है|
मैले मेरो घरको लागि मोबाइल पठाउन मिल्छ कि नाई 2 वटा साथी संग पनि दुई वटा मोबाइल छ मैले मेरो घरको लागि पठाउन लाको जानकारी पाउन सकिन्छ