दोलखा गौरीशंकरमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता, ३ घाइते – Nepal Press

दोलखा गौरीशंकरमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता, ३ घाइते

काठमाडौं । दोलखा गौरिशंकर गाउँपालिकामा पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । वडा नम्बर ८ सल्ले र गोपाटारमा केही घर बगाउँदा उनीहरू बेपत्ता भएको वडाध्यक्ष दावारेन्जी शेर्पाले नेपाल प्रेसलाई बताए ।

गएरातिदेखि परेको पानीसँगै बिहान ६ बजेतिर पहिरो खसेको हो । पहिरोबाट ३ जना घाइते भएका छन् । बेपत्ता र घाइते दुई परिवारका रहेको शेर्पाले जानकारी दिए ।

पहिरोबाट केही घर विस्थापित भएका छन् । सडक र पुलमा पनि क्षति पुगेको उनले बताए ।

अहिले घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि प्रहरी र स्थानीय जुटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *