पोखरामा ल्यान्डफिल साइट विवाद उत्कर्षमा, वार्ता गर्न गएका मेयरलाई स्थानीयले देखाए कालो झण्डा – Nepal Press

पोखरामा ल्यान्डफिल साइट विवाद उत्कर्षमा, वार्ता गर्न गएका मेयरलाई स्थानीयले देखाए कालो झण्डा

पोखरा । पोखरामा ल्यान्डफिल साइट विवाद झनै चर्किँदै गएको छ । विवादकै कारण गत ८ दिनदेखि पोखरामा फोहोर उठ्न सकेको छैन ।

महानगरले सम्झौताअनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै फोहोर फाल्न रोक लगाएका पोखरा महानगरपालिका– ३२, लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइटमा स्थानीय आन्दोलनमै उत्रीएका छन् ।

उनीहरूले वार्ता गर्न आएका महानगरका मेयर धनराज आचार्यसहितको टोलीलाई कालो झण्डा देखाएर विरोध गरेका छन् ।

लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले पुस दोस्रो सातादेखि फोहोरमैला व्यवस्थापन गर्दै आएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उडान र अवतरण्मा समस्या भएपछि पोखरा १४ बाच्छेबुडुमा रहेको ल्यान्डफिलबाट सारेर अस्थायी रुपमा पोखरा महानगरपालिका ३२, लामेआहालको सेती नदी किनारमा फोहोर फाल्न थालिएको थियो ।

स्थानीयले ल्यान्डफिलमा सही ढंगले फोहोर व्यवस्थापन नभएर दुर्गन्ध फैलिएको तथा सडक कच्ची हुँदा बर्खामा हिलो र हिउँदमा धुलो भएर आफूहरुले सास्ती खेप्नु परेको भन्दै फोहोर ल्याउन अवरोध गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर