दक्षिण कोरियामा जथाभावी छुरा प्रहार हुँदा १३ घाइते – Nepal Press

दक्षिण कोरियामा जथाभावी छुरा प्रहार हुँदा १३ घाइते

काठमाडौं । दक्षिण कोरियाका एक युवाले कार हाँकेर पैदलयात्रु हिँड्ने नजिकै ल्याएर रोके । अनि कारबाट निस्किएर जथाभावी छुर प्रहार गरे ।

ती उत्तेजक युवाको छुरा प्रहारबाट १४ जना घाइते भए । दक्षिण कोरियाको राजधानी सिओलका २० किलोमिटरकोको दुरीमा भएको घटना आजै भएको छ ।

दक्षिण कोरियाली प्रहरीलाई उदृत गर्दै जर्मनीको विश्व समाचार च्यानल डिडब्लूका अनुसार १३ घाइतले अस्पताल भर्ना भएका छन् ।

गत जुलाई २१ मा पनि दक्षिण कोरियाको राजधानीमा यस्तै घटना भएको थियो जसमा एकको मृत्यु र ३ घाइते भएका थिए । तुलनात्मक रुपमा शान्त र सुरक्षित मानिने दक्षिण कोरियामा यस्ता घटनाले भय सिर्जना गर्न थालेको विश्व मिडियाहरुले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *