रुसको अनफ्रेन्डी कन्ट्रीको सूचीमा थपियो नर्वे, २७ जना कर्मचारीको मात्रै दूतावास बनाउन उर्दी – Nepal Press

रुसको अनफ्रेन्डी कन्ट्रीको सूचीमा थपियो नर्वे, २७ जना कर्मचारीको मात्रै दूतावास बनाउन उर्दी

काठमाडौं । नर्वेलाई रुसमा भएको दूतावासमा बढीमा २७ कर्मचारीमात्रै राख्न रुसले उर्दी जारी गरेको छ ।

नर्वेलाई अनफ्रेन्डी कन्ट्रीको सूचीमा राख्दै रुसले यस्तो निर्णय गरेको रुसी सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार नर्वे रुसको गैरमित्र सूचीमा परेको आठौं मुलुक हो । यो सूचीमा अमेरिका, चेक रिपब्लिक, ग्रिस, डेनमार्क, स्लोभेनिया, क्रोएसिया र स्लोभाकियासमेत छन् ।

ग्रिसलाई भने ३४ जनाको कोटा दिइएको छ । सन् २०२१ मा एक कानून जारी गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अनफ्रेन्डी कन्ट्रीको सूचीमा हुने मुलुकहरुको दूतावासमा कर्मचारी कोटा तोकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर