ट्याक्सी व्यवसायीलाई यातायातमन्त्री भने- हामी कानून बनाउँछौं, तपाईंहरु इलोक्ट्रोनिक भेहिकलको यात्रा थाल्नुहोस् – Nepal Press

ट्याक्सी व्यवसायीलाई यातायातमन्त्री भने- हामी कानून बनाउँछौं, तपाईंहरु इलोक्ट्रोनिक भेहिकलको यात्रा थाल्नुहोस्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयअनुसार पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीभन्दा इलोक्ट्रोनिक ट्क्याक्सीतर्फको यात्रा थाल्न व्यवसायी र चालकहरुलाई आग्रह गरेका छन् ।

मन्त्री ज्वालालाई भेट्न सिंहदरबार पुगेका ट्याक्सी व्यवसायीलाई सरकार इलोक्ट्रोनिक भेकल (इभी) मा जानेगरी कानुन निर्माणको तयारीमा रहेकोले समय अनुसार चल्ने तयारी गर्न आग्रह गरेका हुन् । ‘इलोक्ट्रोनिक भेकलतिर जानेगरी कानुन निर्माणको तयारीमा छौ, तपाईहरुले पनि त्यही प्रकारको यात्रा थाल्न म आग्रह गर्दछु’, मन्त्री ज्वालाले भने ।

ट्याक्सी व्यवसायीले इम्वोष्ट नम्वर देवनागिरीमा हुनुपर्ने, एईई सकेका सबै विद्यार्थीलाई लाइसेन्स दिनेगरी तालिमको व्यवस्था गर्नुपर्ने, लामो दूरीमा विरामी लिँदा अस्थायी रोड परमिट दिनुपर्ने जस्ता मागहरु राखेका थिए ।

काठमाडौं उपत्यकामा मात्र १२ हजार ३ सय ट्याक्सीहरु सञ्चालनमा छन् । इन्धनबाट चल्ने यी ट्याक्सीको संख्या घटाउने र विद्युतिय ट्याक्सीको संख्या बढाउँदै जानेमा व्यवसायीहरु पनि सकारात्मक रहेका छन् ।

मन्त्री ज्वालाले ट्याक्सी व्यवसायीको पहिचान खुल्नेगरी ड्रेसको व्यवस्था गर्न र अनलाइन सेवामा पनि जान आग्रह गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *