सेवाप्रवाहमा सुधार ल्याउन इटहरी नगर प्रमुख पौडेलको निर्देशन – Nepal Press

सेवाप्रवाहमा सुधार ल्याउन इटहरी नगर प्रमुख पौडेलको निर्देशन

विराटनगर । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले इटहरीमा भएका कार्यालयको सेवाप्रवाहमा सुधार ल्याउन निर्देशन दिएका छन् ।

उपमहानगर भित्रका सरकारी कार्यालयका प्रमुखहरुलाई कार्यालयहरुबाट प्रदान गरिने सेवामा सुधार ल्याउँदै जनतालाई सहज रुपमा सेवा दिन निर्देशन दिएका हुन् ।

इटहरी उपमहानगरका सेवामा समस्या छन् भने हामी सुधार गर्छौं’, प्रमुख पौडेलले भने, ‘अरु कार्यालयहरुका समस्या प्राथमिकता अनुसार सुधार गर्दै जान म यहीँबाट अनुरोध गर्छु, इटहरी भित्रका कुनैपनि कार्यालयले समयमा सेवा दिएनन्, जनतालाई दुःख दिए र सेवा दिने क्रममा समस्या आए भन्ने कुरा सुन्नु नपरोस् ।

कार्यक्रममा उपप्रमुख संगीता चौधरीले इटहरीलाई समृद्ध बनाउनका लागि सबै पक्षको साथ र सहयोग जरुरी रहेको बताइन् । उनले इटहरी भित्रका सरकारी कार्यालयहरुको सेवा प्रवाहमा सुधार ल्याउनका लागि सुझाव दिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेताले नगरका सेवासुविधालाई प्रभावकारी रुपमा प्रवाह गर्न तत्पर रहेको भन्दै कुनै गुनासो रहेमा सिधै सुझाव दिन आह्वान गरेका छन ।

इटहरीभित्र कार्यालय रहेका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इलाका प्रहरी कार्यालय, राजश्व कार्यालय, सडक, खानेपानी, विद्युत, यातायात, हुलाक, टेलिकम, लगायतका कार्यालयका प्रमुखहरुले आफुहरु जनताको गुनासो नाआउने गरि काम गर्ने प्रतिबद्दता जनाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *