भालुबाङ-प्यूठान सडकखण्डको गर्जेनीमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध (भिडिओ) – Nepal Press

भालुबाङ-प्यूठान सडकखण्डको गर्जेनीमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध (भिडिओ)

रूपन्देही । प्यूठानको भालुबाङ-प्यूठान सडक खण्डको गर्जेनीमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । अप्ठ्यारो ठाउँ भएकाले पैदल हिँड्न समेत मुस्किल परेको छ ।

भालुवाङ-प्यूठान तथा रोल्पाको एक मात्र सडक खण्डमा यसरी पहिरो खसेपछि आवतजावतमा समस्या भएको हो ।

तल माडी नदी र माथि भीर भएको ठाउँमा हिँड्ने समेत बाटो नभएका कारण यात्रुलाई सकस भएको हो । बाटो अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको पत्रकार बासुदेव गिरीले बताए । बुधबार राति दस बजे ठूला ढुङ्गा सहितको पहिरो खसेपछि मान्छे हिँड्ने बाटो समेत नभएको उनले बताए ।

जिल्ला ट्राफिक कार्यालय देबिस्थानका प्रहरी नायव निरीक्षक चन्द्र बहादुर केसीका अनुसार ३/४ वटा एक्साभेटरमार्फत पहिरो पन्छाउने काम भईरहे पनि तत्काल बाटो सुचारु हुने संभावना न्यून छ।

पहाडको खोंचमा रहेको यो सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर