आँखा पाक्ने ‘भाइरल फ्लू’ फैलिएपछि सुर्खेत आँखा अस्पतालमा बिरामीको भिड (भिडिओ) – Nepal Press

आँखा पाक्ने ‘भाइरल फ्लू’ फैलिएपछि सुर्खेत आँखा अस्पतालमा बिरामीको भिड (भिडिओ)

सुर्खेत । कर्णाली राजधानीमा ‘भाइरल फ्लू’ आँखा पाक्ने रोग तीव्र रूपमा फैलिएको छ । सुर्खेत आँखा अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको छ । सुर्खेतको आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको अत्यधिक रहेको छ ।

कर्णाली प्रदेशका १० जिल्लाका नागरिकहरू कर्णाली राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बसोबास गर्ने गरेका छन् त्यसले गर्दा पनि आँखा अस्पतालमा आँखा पाक्ने बिरामी सङ्ख्या तीव्र गतिमा बढ्दै गएको नेत्र रोग विशेषज्ञ डा.आकाङ्क्षा रानाले जानकारी दिइन् । धेरै जस्तो एउटै घरका परिवारमा यो रोगबाट सङ्क्रमित पाइएका छ ।

डा रानाका अनुसार दैनिक तिन सय देखि छ सय भन्दा बढी बिरामी आँखा पाकेको समस्या लिएर आउने गरेको नेपाल प्रेसलाई जानकारी दिइन् ।

दैनिक जसो उक्त अस्पतालमा हजार ११ सय बिरामी ओपिडी जाँचका लागि आउने गरेको उनको भनाइ छ ।

‘यो रोग धेरै जस्तो बालबालिकामा देखा परेको छ’, डा. आकाङ्क्षा रानाले भनिन्,’ आँखाका बिरामीमध्ये अस्पतालमा आउनेमा ५० प्रतिशत आँखा पाक्ने समस्या देखिएको छ । सङ्क्रमणको सुरुआतमा आँखा बिझाउने र चिलाउने, आँखा रातो हुने, आँखामा कचेरा लाग्नुका साथै आँसु आउनु, घाममा हेर्न अप्ठेरो हुनु, आँखाको ढकनी सुन्निनु, एउटा आँखाबाट अर्को आँखामा सर्नु यस रोगको लक्षण रहेका छन् ।’

गर्मीयाममा यसको प्रकोप फैलिने र यसबाट सबै उमेरका मानिस सङ्क्रमित हुने डा रानाले बताइन् । उनले विशेष गरेर पछिल्लो समय स्कुल, कलेजका विद्यार्थीमा यो रोगको प्रकोप बढी देखिएको जानकारी दिइन् ।

भाइरल फ्लु’का कारण आँखा पाक्ने रोग फैलिएको हुँदा उपचारपछि रोग निको हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर