बुटवलमा आजदेखि ‘डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर’ अभियान – Nepal Press

बुटवलमा आजदेखि ‘डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर’ अभियान

रुपन्देही । बुटवलमा आजदेखि ‘डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर’ अभियान सुरु भएको छ ।

बुधवार बसेको सरोकारवालासहितको बैठकले बिहीबारदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।

विद्यालय, संघसंस्था, अस्पतालहरूलाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेंगु नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको छ ।

छलफलका क्रममा डेंगु महामारीको समयमा डेंगु परीक्षण शुल्कमा एकरूपता कायम राख्न बुटवल भित्रका प्रयोगशाला सहमत भएका छन् ।

बुटवल उपमहानगरपालिकामा तत्काल संक्रमितको तथ्याङ्क एकीकृत रूपमा संकलन गरी राखेर एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय गरिएको उपनिर्देशक पाण्डेले जानकारी दिए ।

रुपन्देहीमा ४६ जना जना संक्रमित फेला परेको अस्पतालहरूले बताए पनि बुटवलमा अहिलेसम्म आधिकारिक रूपमा संक्रमित फेला परेका छैनन् ।

नगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्र डेंगु नियन्त्रणमा नगरले नियमित रूपमा अभियान सञ्चालन गरी संक्रमण फैलिन नदिनतर्फ ध्यान दिने बताए ।

उनले आवश्यकताअनुसार फिभर क्लिनिक र औषधोपचारको व्यवस्था गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *