शेखरको शंका- प्रधानमन्त्रीको पिए राजश्व अनुसन्धानको डीजी छन्, सुन तस्करीको छानबिन उनैले गर्ने ? (भिडिओ) – Nepal Press

शेखरको शंका- प्रधानमन्त्रीको पिए राजश्व अनुसन्धानको डीजी छन्, सुन तस्करीको छानबिन उनैले गर्ने ? (भिडिओ)

तस्करीको अनुसन्धानमा प्रहरीलाई बाइपास गरिएकोमा शेखरको असन्तुष्टि, ठूला काण्ड आउनेबित्तिकै तीन दलका शीर्ष नेता बस्ने गरेकोमा आशंका

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करीको छानबिनमा राजश्व अनुसन्धान विभागमात्र संलग्न गराएर प्रहरीलाई बाइपास गरिएकोमा आशंका जनाएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौंको कार्यक्रमा डा. कोइरालाले एक साताअघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पिए रहेका नवराज ढुंगानालाई राजश्व अनुसन्धानको प्रमुख बनाएर पठाइनु र अनुसन्धानमा सीआईबी संलग्न नगराइनु गम्भीर विषय भएका बताए ।

कोइरालाले भने, ‘राजश्व अनुसन्धान विभाग विगतमा अर्थमन्त्रालय मातहत थियो केपी ओलीजीको पालामा प्रधानमन्त्री मातहत लगियो । शेरबहादुरजीको पालामा हामीले पटकपटक यो अर्थमै लैजाउँ भनियो तर अहिलेसम्म लगिएन । यो संकेतमात्र गरेको हो बुझ्नुस् । राजश्व अनुसन्धानको डीजी सुन तस्करीको बाहिर आउनुभन्दा १० दिन हो कि एक साताअघिसम्म प्रधानमन्त्रीको पिए थिए । अनुसन्धानमा सीआईबीलाई संलग्न गराइएको छैन भनेपछि यसबाट बुझ्नुस् ।’

कोइरालाले यस्ता काण्डहरू आएका बेला तीनवटा शीर्ष नेताहरू गोप्य छलफलमा बस्ने गरेको र पछिल्लोपटक पनि यस्तै भएको भन्दै यसबारेमा पत्रकारहरूले लेख्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर