एनआईएमबीएस क्यापिटल र ज्योति विकास बैंकबीचको सम्झौता नवीकरण – Nepal Press

एनआईएमबीएस क्यापिटल र ज्योति विकास बैंकबीचको सम्झौता नवीकरण

काठमाडौं । नेपालको मर्चेन्ट बैंक एनआईएमबीएस क्यापिटल लिमिटेडले ज्योति विकास बैंक लिमिटेडसँग शेयर रजिष्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ ।

मंगलबार क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले साझेदारी नवीकरण गर्ने हस्ताक्षेर गरेका हुन् ।

नवीकरणले शेयरधनीहरूलाई प्रभावकारी र विश्वासिलो शेयर रजिष्ट्रार सेवा प्रदान गर्ने दुवै कम्पनीको बझाइ छ ।

दुइटै संस्थाले लामो समयदेखि शेयरधनी व्यवस्थापन प्रक्रियालाई सुव्यवस्थित गर्न, पारदर्शिता बढाउन र सरोकारवालाहरूसँग निर्बाध सञ्चार सुनिश्चित गर्न सँगै काम गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर