सुदूरपश्चिमका नयाँ ३ मन्त्रीको शपथ ६ बजे – Nepal Press

सुदूरपश्चिमका नयाँ ३ मन्त्रीको शपथ ६ बजे

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । अहिले ६ बजे २ मन्त्री र १ राज्यमन्त्रीको शपथ ग्रहण समय निर्धारण भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका १ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेसका १ मन्त्रीले शपथ लिने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानून मन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त हुँदै छन् । राज्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त गर्ने मुख्यमन्त्री कमलबहादुर शाहको तयारी छ ।

उनीहरू तीनैजनाको आज एकैसाथ शपथ हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर