माओवादीको नियम- बैठकभित्रका कुरा रेकर्ड र लाइभ गर्न नपाइने, मोबाइल साइलेन्स – Nepal Press

माओवादीको नियम- बैठकभित्रका कुरा रेकर्ड र लाइभ गर्न नपाइने, मोबाइल साइलेन्स

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक जारी छ । अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । बैठकभित्रका कुराहरूलाई रेकर्ड वा लाइभ गर्न नपाइने महासचिव देव गुरुङले बताएका छन् ।

उनले बैठकभित्र छिरेपछि केन्द्रीय सदस्यहरूले मोबाइल साइलेन्समा राख्नुपर्ने, हरेक दिन ११-५ बजे सम्म बैठक चल्ने र हरेक दिन बेलुका ५ बजे पार्टी प्रवक्ताले प्रेस मिट गर्ने जानकारी गराएका छन् ।

त्यसो त सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने नै निर्णय भएको थियो । तर, नेताहरूको चर्को विरोध भएपछि बिहान बसेको स्थायी कमिटीको बैठकले लाइभ नगर्ने निर्णय गरेको थियो ।

पार्टी अध्यक्ष प्रचण्डको प्रस्तावमा पदाधिकारी बैठकले गरेको निर्णयमा चर्को विरोधपछि ब्याक भएपछि अहिले नेताहरुले बोलेको कुरालाई रेकर्ड वा लाइभ गर्न समेत रोक लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर