जिल्ला अदालतको फैसला उल्ट्याउँदै लालबहादुर विश्वकर्मालाई उच्चले दियो सफाइ – Nepal Press

जिल्ला अदालतको फैसला उल्ट्याउँदै लालबहादुर विश्वकर्मालाई उच्चले दियो सफाइ

विराटनगर । सात महिनादेखि जेल जीवन बिताइरहेका सुनसरीको तरहराका सुनचाँदी मजदुर लालबहादुर विश्वकर्माले न्याय पाएका छन् ।

सुनसरी जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत विराटनगरले विश्वकर्मालाई सफाई दिएको छ । उनी सुन पसल सञ्चालकको ठगी धन्दामा शिकार भएका थिए ।

उनलाई इजाजतबिना बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका बिकलाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो ।

ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले लालबहादुर बिकलाई निर्दोष ठहर गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश उल्टाएको हो । तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारको आदेशमा उनले सुन पसलमा पैसा राख्न आउनेहरुले पैसा जम्मा गरेको प्रमाण स्वरुप पास बूकमा सहि गर्ने गरेका थिए ।
सर्वसाधारण को बचत फिर्ता नगरेपछि दिपक पक्राउ परेका थिए ।

सोही केसमा अनुसन्धान्का क्रमामा पक्राउ परेका बिकलाई जिल्ला अदालतले १९ मंसिर २०७९ मा डेढ वर्ष कैद, ७० हजार जरिवाना तोकेको थियो ।

यसबाहेक ठगी भएको १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ लालबहादुरसहित चार जनाबाट दामासाहीले बिगो भराउने फैसला भएको थियो । जसअनुसार लालबहादुरले ४ करोड ७१ लाख १६ हजार ७ सय २२ रुपैयाँ २५ पैसा बिगो तिर्नुपर्ने फैसला थियो ।

जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको यो मुद्दामा आज फैसला भएको हो ।

बिकको न्यायको माग गर्दै विभिन्न सङ सस्थाले प्रदशन समेत गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *