पल शाहकी बहिनी रोशनी ‘हिमालयन रोडिज’मा प्रतिस्पर्धी – Nepal Press

पल शाहकी बहिनी रोशनी ‘हिमालयन रोडिज’मा प्रतिस्पर्धी

काठमाडौं । अभिनेता पल शाहकी बहिनी रोशनी टेलिभिजन रियालिटी शो ‘हिमालयन रोडिज’ को पाँचौं सिजनमा प्रतिस्पर्धा गर्न पुगेकी छन् । सोमबार बेलुकी प्रसारित पहिलो एपिसोडमा काठमाडौं अडिसन प्रसारण गरिएको थियो, जसमा रोशनीले भाग लिएकी हुन् ।

रोशनीले आफूले जीवनमा भोगिरहेको ‘पहिचानको संकट’ निवारणका लागि यो कार्यक्रममा आएको बताइन् । आफू सँधै दाजु पल शाहको छायाँमा परिरहेको अनुभुति उनले सुनाइन् ।
रोशनीका अनुसार उनी ५-६ वर्षसम्म हिपले घिस्रेर हिँड्ने गर्थिन् । ६ वर्षको उमेरमा बल्ल हिँड्न सिकेकी हुन् ।

उनले भावुक बन्दै भनिन्, ‘म यसलाई अर्को जुनी सम्झन्छु । म जन्मिने बेलामा बल्ल पोलियो आएको थियो रे । त्यतिबेला मैले मौका पाइनँ । म त्यो टाइममा अशक्त थिएँ । समाजले परिवारलाई कति कुरा सुनायो होला । तर मेरो परिवारले मलाई राम्रोसँग ट्रिट गर्योप । ६ वर्षको उमेरमा हिंड्न सकें ।’

उनले थपिन्, ‘मेरो दाइ जुन संघर्ष गरेर यहाँ पुग्नुभएको छ । मैले पनि मेरो नाम राख्न म आफैं हिँड्नुपर्छ । त्यही भएर यहाँ आएको हुँ । यो फर्ममा कहीं पनि दाइ पल शाहको नाम छैन ।’

रोशनीको हार नमान्ने स्वभाव र बाल्यकालीन संघर्षबाट प्रभावित भएर आफूले उनलाई रोडिजका लागि छनोट गरेको कार्यक्रमकी एक ग्याङ लिडर प्रियंकाले बताइन् । रोशनीले ग्याङ लिडरको रुपमा दीया मास्केलाई रोजिन् ।

रोशनीलाई रोडिजमा फिजिकल एक्सरसाइज गर्न गाह्रो भएन । झुण्डिएको बाँसमा हिंड्नेदेखि लिफ्टअप गर्ने र काठमा चढ्ने टास्क उनले सजिलै पूरा गरिन् ।

बलात्कारको आरोपमा पल शाह पक्राउ परेपछि रोशनी धेरैको नजरमा परेकी थिइन् । उनले दाजूलाई जेलबाट छुटाउन निकै संघर्ष गरिन् । जेलबाट पल छुटेपछि उनको छाया बनेर साथ दिइरहेकी थिइन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर