कक्रोज बने ‘सवारी’को ब्राण्ड एम्बेस्डर – Nepal Press

कक्रोज बने ‘सवारी’को ब्राण्ड एम्बेस्डर

काठमाडौं । नेपाली युवाहरु मिलेर बनाएको राइडिङ शेयर एप ‘सवारी’को ब्राण्ड एम्बेस्डरमा हरिस निरौला (कक्रोज) नियुक्त भएका छन् । सवारीले राजधानीमा सोमबार आफ्नो सेवा उद्घाटनसँगै कक्रोजलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो ।

हाल काठमाडौं, भक्तपुर र ललितपुरलाई आधार बनाएर विभिन्न राइडिङ शेयर एप बनाए तापनि सवारीले देशका विभिन्न प्रमुख शहरहरुमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिने जनाएको छ । यसका लागि मोबाइलमा सवारी एप डाउनलोड गरी सजिलैसँग अनलाइन सेवा लिन सकिनेछ ।

कार्यक्रममा बोल्दै कक्रोजले बजारमा आएका विभिन्न राइडिङ शेयर एप भए तापनि ती सबै विदेशी लगानी र उत्पादन भएको र त्यसबाट नेपाली रकम बाहिर गएको जिकिर गरे । सवारी नितान्त नेपाली युवाहरुले निर्माण गरेको हुँदा सबैले यसलाई प्रयोग गर्न अनुरोध पनि गरे ।

आफू सवारीको प्रचारप्रसारको लागि सदैव जिम्मेवार रहने बताउँदै कक्रोजले यस सवारी एपले आफ्ना दर्शक तथा सेवाग्राहीलाई पुर्ण सन्तुष्टि दिनेमा विश्वस्त रहेको बताए ।

कार्यक्रमका प्रमुख अथिति नीर शाहले सवारीले अन्य विदेशी कम्पनीका राइडिङ शेयर कम्पनीलाई चुनौती दिएर सेवा प्रदान गर्नेमा विश्वास रहेको बताए । त्यस्ता कम्पनीहरुले आफ्नो प्रभाव बढाउन सवारीलाई बद्नामसमेत बनाउन विभिन्न कार्य गर्न सक्ने संकेत गर्दै उनले त्यसप्रति चनाखो हुँदै सुरक्षित, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्न सुझाव दिए ।

विशेष अथिति दीपक आचार्य (काकु)ले सवारीले देशमै रोजगारीको सिर्जना गर्न टेवा पु¥याउनेमा विश्वास व्यक्त गर्दै स्वदेशी उत्पादन र विचारलाई प्रोत्साहन गर्न अनुरोध गरे ।

नेपाली युवाहरु प्रसिद्ध नेपाल र खगेन्द्र नेपाल दुई जना मिलेर यो सेवा सुरु गरेका हुन् । सवारीका प्रमुख निर्देशक प्रसिद्धले आफूहरुले ग्राहकको सुरक्षा, सुविधा र चुस्त दुरुस्त, सर्वसुलभ रुपमा सेवा प्रदान गर्न कटिबद्ध रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर