कांग्रेसले भन्यो- संसदको काम कानून बनाउने हो, विवादित विषयलाई सरकारले प्रस्ट पारेपछि सदन खुल्छ – Nepal Press

कांग्रेसले भन्यो- संसदको काम कानून बनाउने हो, विवादित विषयलाई सरकारले प्रस्ट पारेपछि सदन खुल्छ

काठमाडौं । नेपाली कांग्रेसले विवादित विषयमा प्रश्न उठेपछि सरकारले प्रस्ट पार्न पाउनुपर्ने बताएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले संसदको गतिरोध अन्त्य हुनुपर्ने निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

संसदको गतिरोध अन्त्य गर्ने विषयमा शीर्ष तहमा छलफल भइरहेको उनले बताए ।

उनले भने, ‘हामीले भनिरहेका छौं । विवादित विषयमा सरकारले प्रश्न उठेपछि प्रष्ट्याउनुपर्छ । त्यसपछि संसदको गतिरोध समाप्त हुन्छ । संसदको काम कानून बनाउने हो । थाती रहेका कानूनहरुलाई पनि टुंग्याउन संसदको गतिरोध अन्त्य हुनैपर्छ ।’

यस्तै प्रमुख विश्वकर्माले बैठकमा शान्ति प्रक्रियालाई टुंग्याउनुपर्नेबारे पनि छलफल भएको बताए ।

उनले भने, ‘बृहत शान्ति सम्झौतापछि शान्ति प्रक्रियाको विषयमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन अहिले संशोधनको अवस्थामा छ । त्यो ऐनलाई संसदबाट पारित गर्न आवश्यक छ । पीडित र पीडकहरुलाई पनि स्वीकार्य हुने गरी विधेयक ल्याउनेबारे छलफल गरेका हौं ।’


प्रतिक्रिया

One thought on “कांग्रेसले भन्यो- संसदको काम कानून बनाउने हो, विवादित विषयलाई सरकारले प्रस्ट पारेपछि सदन खुल्छ

  1. सुन तस्करीमा नेताहरू नै लागेकाले बृहद छानबिन गर्ने संयन्त्र बनाउन नै नमान्ने भनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर