नियुक्ति बदरको एक साता नपुग्दै उद्धव थापा बने कोशीको मुख्यमन्त्री – Nepal Press

नियुक्ति बदरको एक साता नपुग्दै उद्धव थापा बने कोशीको मुख्यमन्त्री

विराटनगर । सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको ६ दिनपछि नेपाली कांग्रेस संसदीय दल कोशीका नेता उद्धव थापा मुख्यमन्त्री पुन नियुक्त भएका छन् । असार २१ गते प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर बहुमत दाबी गरेका थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेको थियो ।

सभामुखको हस्ताक्षरलाई असंवैधानिक मानेपछि गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत संख्या पुर्‍याएको छ । कोशीमा बहुमत पुर्‍याउन ४७ सीट चाहिन्छ । माओवादीबाट गौतम सभामुख पदमा रहुन्जेल सत्तागठबन्धनको बहुमत पुग्न नसक्ने भएपछि उनलाई राजीनामा गराइएको हो ।

उनले अन्तिम समय सम पनि राजीनामा दिन मानेका थिएनन् । कोशी प्रदेशमा गठबन्धनमा रहेका दलहरू कांग्रेसका २९, माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सदस्य रहेका छन् ।

सत्ता गठबन्धन दलको तर्फका ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर पुगेपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(२) अन्तरगत मुख्यमन्त्रीमा प्रदेश प्रमुखले नियुक्त गरे ।


प्रतिक्रिया

3 thoughts on “नियुक्ति बदरको एक साता नपुग्दै उद्धव थापा बने कोशीको मुख्यमन्त्री

  1. अपराधी लुटेरा comfortable government भारतीय दलाल अरू के गर्छ सक्छौ लुट लुट जनताको रगत र पसिना लुट।

  2. अनैतिक र पदलोलुप सभामुख बाबुराम गौतमको कारण हो यो अस्त व्यस्तता। यिनिहरु यति लिच्चड बन्लान भन्ने सायद कसैले सोचेको थियो होला। जसपा भन्ने पार्टी त झनै बेइमान भयो। शेबदे शीत लुरुक्क परेको विश्वप्रकाश शर्मा भन्ने पनि अनैतिक कार्य गर्न उक्साउने मानिस लाग्यो । यो धाधली गरेर बनाएको सरकार भयो। यो सरकार र यो कृत्यमा सामेल हुने दलहरु सित कुनै विश्वास रहने कुरा भएन। माकुने जि का हड्डी फेरि हासेका होलान् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर