समिति बनाएर सुन तस्करीको निर्मम छानबिन गर्नुपर्छ : प्रदीप, माधव भन्छन्- अहिलेको छानबिनमा अविश्वास नगरौं – Nepal Press

समिति बनाएर सुन तस्करीको निर्मम छानबिन गर्नुपर्छ : प्रदीप, माधव भन्छन्- अहिलेको छानबिनमा अविश्वास नगरौं

सरकारकै कारण सदनको गतिरोध लम्बिएको हो : एमाले सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारका कारण सदनको गतिरोध लम्बिएको आरोप लगाएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग सरकारले अस्वीकार गरेकै कारण सदनको गतिरोध लम्बिएको आरोप लगाएका हुन् ।

उनले सदन सूचारु गरेर एमालेले आफ्नो धारणा राख्ने र सम्बन्धित मन्त्रीहरुको जवाफका आधारमा आगामी कदम चाल्ने तयारी गरेपनि सरकार पक्ष नै सूचना टाँस गरेर सदन स्थगित गर्ने पक्षमा देखिएको बताए ।

कार्यव्यवस्था परामर्श समितिमा पनि कुनै पनि हालतमा उच्चस्तरीय छानबिन समिति नबनाउने अडान सरकार पक्षले राखेको उनले बताए ।

त्यस्तै, कांग्रेस सांसद प्रदीप पौडेलले सदनमा छलफल गर्न नदिने र छानबिन समिति पनि नबनाउँदा सदन चल्न नसकेको बताए । उनले अव सुन तस्करी प्रकरणमा छानविन समिति बनाउनुपर्ने र प्राविधिक पक्षलाई पनि समावेश गरेर निर्मम ढंगले छानविन गर्नुपर्ने बताए । पौडेलले सुन प्रकरण सामान्य विषय नभएकाले सम्बन्धीत पक्षले हल्का ढंगले लिन नहुने भन्दै राज्यले नै सत्यतथ्य छानविन गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, माओवादी केन्द्रका सांसद माधव सापकोटाले सदनमा उठेका कुराहरुलाई सम्बन्धित मन्त्रीहरुले जवाफ दिने वातावरण बनाउनुपर्ने उल्लेख गरे । उनले राज्यका निकायहरुले सुन प्रकरणमा छानबिन गरिरहेको अवस्थामा ती निकायहरुलाई विश्वास नगरी अर्को छानबिन समिति गठन गर्न नहुने बताए ।

उनले उच्चस्तरीय छानविन समितिको नाम गरेर अहिलेको अनुसन्धानलाई फितलो बनाउन खोज्ने आशंका बढ्दै गएको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर