काठमाडौंबाट विराटनगर उड्न लाग्दा कोशीका सभामुखले भने- राजीनामाबारे निर्णय गरिसकेको छैन

२०८० साउन १६ गते १५:०३

विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने विषयमा आफूले अझै निर्णय गरिनसकेको बताएका छन् । केही मिडियामा उनले राजीनामा दिइसकेको समाचार आएपछि हामीले गौतमलाई सम्पर्क गर्यौं । जवाफमा उनले आफू काठमाडौंबाट विराटनगर आउँदै गरेको र विराटनगर आएपछि राजीनामा दिने/नदिने विषयमा निर्णय गरिने बताए ।
उनी अहिले विराटनगरका त्रिभुवन विमानस्थलबाट जहाज चढ्न लागेका छन् । गौतमले प्रदेशसभा सचिवालयमा जाने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । उनले राजीनामाबारे प्रष्ट जवाफ नदिएपनि सत्तागठबन्धनले राजीनामा गराउने तयारीमा लागेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर