एमालेमै फर्किए नेकपा एसका केन्द्रीय सदस्य उप्रेती – Nepal Press

एमालेमै फर्किए नेकपा एसका केन्द्रीय सदस्य उप्रेती

काठमाडौं । सर्लाहीका पूर्वसांसद एवं तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमा फर्किएका छन् ।

सोमबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई बालकोटमा भेटेर उनी मूलघर फर्किएको एमाले सर्लाहीका नेता चुँडामणि वाग्लेले बताए । नेता उप्रेती सर्लाहीका एमाले नेताहरू हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग बालकोट पुगेका थिए ।

तत्कालीन हरिवन गाविसका पूर्वअध्यक्षसमेत रहेका उनी २०७४ को स्थानीय चुनावमा हरिवन नगरपालिकाको मेयरको दाबेदार थिए । त्यसैबेला एमालेले प्रदेशमा टिकट दिएको थियो ।

त्यतिबेला माओवादीसहितको वाम गठबन्धनबाट उनी सर्लाही ३ (क) बाट प्रदेशसभामा विजयी भए । गत मंसिर ४ मा उनी नेकपा एसबाट उठेपनि पराजित भएका थिए ।

गठबन्धनबाट टिकट पाएकोमा माओवादीका बागी जवाहरलाल कुशवाहासँग हारेपछि उनी एमालेसँग नजिकिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर