राजनीतिलाई दुषित गर्न हुँदैन : ओली (भिडिओ) – Nepal Press

राजनीतिलाई दुषित गर्न हुँदैन : ओली (भिडिओ)

'महिलाको ३३ प्रतिशतको लडाई सकियाे, अब माथि बढ्नुपर्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई दुषित गर्न नहुने बताएका छन् ।

सोमबार ललितपुरको च्यासलस्थीत पार्टी कार्यालयमा आयोजित ‘युगदूत’ विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सबै नीतिहरुको मुहान राजनीति भएकाले यसलाई दुषित गर्न नहुने बताएका हुन् ।

राजनीतिमा लागेका केहि व्यक्ति खराव हुन सक्ने भएपनि समग्र राजनीतिलाई नै खराव भन्न नमिल्ने उनले बताए । ओलीले सुन्दर र आधुनिक भविष्य निर्माण गर्न दू्रत गतिले अघि बढ्नुपर्ने र समाजको बिकास गर्नुपर्ने जिकिर गरे । उनले अब मुलुकमा ३३ प्रतिशत महिला सहभागीताको लडाई सकिएको र त्यसभन्दा अघि बढ्नुपर्ने उल्लेख गरे ।

उनले अन्य धेरै बिकासित देशहरुमा ३३ प्रतिशत सहभागीता पुर्याउन अझै बाँकी रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर