काेशीमा कामचलाउ मुख्यमन्त्री को हो भन्न सक्दिनँ: परशुराम खापुङ – Nepal Press

काेशीमा कामचलाउ मुख्यमन्त्री को हो भन्न सक्दिनँ: परशुराम खापुङ

विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले कोशीको अहिलेको कामचलाउ मुख्यमन्त्री को हो भनेर आफूले भन्न नसक्ने बताएका छन् ।

एमाले कोशीका संसदीय दलका उपनेता राम रानासहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका एमाले प्रदेशसभा सदस्यहरूलाई खापुङले सर्वोच्चको फैसलाको पूर्ण पाठ आइनसकेकाले आफूले कामचलाउ मुख्यमन्त्री को हो भन्न नसक्ने बताएका हुन् ।

एमाले प्रदेशसभा सदस्यहरू अहिलेको राजनीतिक सङ्कटका विषयमा कुरा गर्न प्रदेश प्रमुखको कार्यालयमा गएका थिए ।

एमाले कोशी प्रदेश संसदीय दलका उपनेता रानाले कोशीमा सरकारविहीनताको अवस्था सृजना भएको भन्दै अहिलेको कामचलाउ मुख्यमन्त्री को हो भनेर सोधेका थिए । रानाको प्रश्नमा प्रदेश प्रमुख खापुङले सर्वोच्चको पूर्ण पाठ नआएकाले मैले भन्न नसक्ने जवाफ दिएका थिए ।

छलफलमा एमाले कोशीका सचिव तथा प्रदेशसभा सदस्य चिन्तन पाठकले सर्वोच्चको फैसलाले स्पष्ट रूपमा कामचलाउ मुख्यमन्त्रीका विषयमा बोलेको भन्दै फैसला पढेर सुनाएका थिए ।

एमालेका प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीले भने फैसला नआए पनि प्रदेश प्रमुखले राष्ट्रपति कार्यालयसँग समन्वय गरेर कामचलाउ मुख्यमन्त्रीका बारेमा बोल्नुपर्ने सुझाव दिएका थिए । उनको सुझावपछि यस विषयमा आफूले छलफल गर्न भुल गरेको प्रदेश प्रमुख खापुङले बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर