एनआईएमबीएस क्यापिटल र गोल्छा ग्रुपबीच सम्झौता – Nepal Press

एनआईएमबीएस क्यापिटल र गोल्छा ग्रुपबीच सम्झौता

काठमाडौं । एनआईएमबीएस क्यापिटल लिमिटेड (साविकको एनआईबीएलएस क्यापिटल लिमिटेड) र गोल्छा ग्रुपबीच सम्झौता भएको छ ।

आइतबार क्यापिटल र गोल्छा ग्रुपअन्तर्गत सञ्चालित हिम इलेक्ट्रोनिक्स प्रालि र हंसराज हुलासचन्द एन्ड को प्रालिबीच एनआईबीएल म्युचुअल फण्डअन्तर्गत एनआईबीएल सहभागिता फण्डमा ‘कर्पोरेट पेरोल एसआईपी’ लगानी गर्ने सम्झौता भएको हो ।

सम्झौतामा हंसराजका तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक एचआर नीता राणा, हिम इलेक्ट्रोनिक्सका तर्फबाट उपप्रबन्धक नीलम केसी र एनआईबीएल एस क्यापिटलको तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअन्तर्गत हिम इलेक्ट्रोनिक्स र हंसराजका कर्मचारीहरुले आफ्नो इच्छाअनुरुप मासिक रुपमा तलबको केही अंश निरन्तर एनआईबीएल सहभागिता फण्डको व्यवस्थित लगानी योजना ‘एसआईपी’ मार्फत लगानी गर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर