माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिको एजेन्डा तय गरिने – Nepal Press

माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिको एजेन्डा तय गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ  । आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भए पछि आजको लागि बोलाइएको हो ।

माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सो बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा मा बस्नेछ ।

साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो ।

पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक डाकेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर