पोखराको किङ्स लाउन्ज बन्द गर्न आदेश, काठमाडौंको किङ्स लाउन्जको लोगो र नाम चोरेको आरोप – Nepal Press

पोखराको किङ्स लाउन्ज बन्द गर्न आदेश, काठमाडौंको किङ्स लाउन्जको लोगो र नाम चोरेको आरोप

काठमाडौं । काठमाडौंको दरवार मार्गमा रहेको द किङ्स लाउन्ज एण्ड पब प्रालिको ट्रेडमार्क प्रयोग गरी पोखरामा सञ्चालन गरिएको किङ्स लाउन्ज बन्द गर्न उद्योग विभागले आदेश दिएको छ । काठमाडौंस्थित किङ्स लाउन्जले मुद्दा दायर गरेपछि विभागले पोखराको किङ्स लाउन्जलाई बन्द गर्न पत्राचार गरेको हो ।

किङ्स लाउन्ज काठमाडौंमा चलेकोमध्ये एक पारिवारिक रेष्टुरेन्ट हो । काठमाडौं किङ्स लाउन्जले आफ्नो हुबहु नक्कल गरी लोगो, नाम र लेबलसहितको ट्रेडमार्क प्रयोग गरी गैरकानूनी रुपमा पोखरामा किङ्स लाउन्ज सञ्चालन गरेको आरोप लगाउँदै विभागमा मुद्दामा हालेको हो ।

उसले ‘नेपालमा दर्ता रहेको ट्रेडमार्कको अधिकार एवं ख्यातिको संरक्षण गर्न पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १९ बमोजिम विभागमा मुद्दा हालेको हो ।

विभागको कानून शाखाका प्रमुख दीपक घिमिरेले पोखरामा काठमाडौंको किङ्स लाउन्जको हुबहु नक्कल गरी लोगो, नाम र लेबल राखेर सञ्चालन गरिएको पाइएपछि बन्द गर्न पत्रचार गरेको जानकारी दिए ।

‘पोखराको किङ्स लाउन्जले बाटोको म्यादसमेत गरेर २१ दिनमा केही प्रमाण भए पेस गर्न सक्छ । नत्र, पोखराको किङ्स लाउन्ज सञ्चालन गर्न पाउँदैन’, उनले भने ।

पोखराको किङ्स लाउन्जले बुटवल, इटहरी र नेपालगञ्जमा समेत शाखा खोलेर बिक्री गरेको पाइएको बताइएको छ । ५० लाखसम्ममा शाखा बिक्री गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार दुबइमा समेत करिब २ महिनाअघि मात्रै किङ्स लाउन्जको नाममा थकाली होटल खोलिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर