चाबहिलका नापी अधिकृत पुरीले एक करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको निष्कर्ष – Nepal Press

चाबहिलका नापी अधिकृत पुरीले एक करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको निष्कर्ष

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत अधिकृत राजु पुरीले एक करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको छ।

पुरीविरुद्ध एक करोड ४ लाख ३ हजार ९ सय ४१ रुपैयाँ ८३ पैसा बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर भएको छ।

२०५२ पुस ९ गते सरकारी सेवामा प्रवेश गरेका पुरीले यसबीचमा एक करोड २० लाख ७७ हजार ७ सय ४८ रुपैयाँ वैध आय गरेको देखिए पनि उनको सम्पत्ति २ करोड २४ लाख ८१ हजार ६ सय ९० रुपैयाँ ५२ पैसा रहेको अख्तियारले जनाएको छ।

पुरीले कमाएको अकुत सम्पत्ति श्रीमती सृजना गिरीको नाममा राखेको देखिएकाले जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर