प्रधानमन्त्री प्रचण्डलाई प्रदीप ज्ञवालीको प्रश्न- लडाकु शिविरको छानबिन गर्नसक्ने आँट छ ? – Nepal Press

प्रधानमन्त्री प्रचण्डलाई प्रदीप ज्ञवालीको प्रश्न- लडाकु शिविरको छानबिन गर्नसक्ने आँट छ ?

कैलाली । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री समेत रहेको माओवादी पुष्पकमल दाहाल प्रचण्डलाई लडाकु शिविरमा भएको छानबिन गर्न चुनौती दिएका छन् ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश स्कुल विभागको आयोजनामा आजबाट सुरु भएको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै स्कुल विभाग प्रमुख समेत रहेका उपमहासचिव ज्ञवालीले सरकारले प्रचारात्मक काम बढी गरिरहेको भन्दै लडाकु शिविरको छानबिन गर्ने प्रचण्डलाई चुनौती दिएका हुन् ।

‘भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मात्रै किन आइरहेको छ लडाकु शिविरको छानबिन गर्ने सक्ने आट छ ’ उनले भने ।

उनले २२ पटक सम्म सुन छाडेर २३ औँ पटकमा पक्राउ गरेको भन्दै त्यसमा पनि सरकारको कमजोरी रहेको बताएका थिए ।

‘२३ औँ पटकमा पक्राउ गरिएको रहेछ । २२ पटक सम्म त छुट्यो नि । ८ दिन पछि सुन निकालिसकेको गोदाममा छापा मारेर के गर्न खोजेको हो ?’ उनले भने ‘२२ पटक सम्म सुज तस्करी गर्नेहरूलाई खोज्नु पर्दैन ? मुख्य नाइके को को हुन् । खोज्नु पर्दैन ?’

माओवादी उपाध्यक्ष कृष्ण बहादुर महाराको बुवा छोराको नाम पनि सुन तस्करीमा नाम जोडिँदा सरकारले छानबिन गर्न हिम्मत नगरेको उनले बताए ।

उनले मुलुकको खस्किँदो अवस्थाले एमाले चिन्तित रहेको बताएका छन् ।

उनले भने, ‘नेपाको राष्ट्रिय हित सङ्कटमा छ । चौतर्फी निराशामा छ । ८ लाख भन्दा बढी श्रम स्वीकृति लिएको पाइएको छ । देश रित्तो हुने अवस्था छ । मुलुकको खस्किँदो अवस्थाले एमाले चिन्तित छ ।’

सत्ता टिकाउनको लागि सत्ता गठबन्धनले घटिया काम गर्न पनि पछि नपरेको उनको आरोप थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपालको भन्दा भारतको बढी हित भएको उनले बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर