विश्वप्रकाशलाई विष्णु रिमालको जवाफ- पहिला कांग्रेसलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनू – Nepal Press

विश्वप्रकाशलाई विष्णु रिमालको जवाफ- पहिला कांग्रेसलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनू

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई जवाफ फर्काएका छन्।

महामन्त्री शर्माले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले युवा नेताहरूको हैसियत दुनामा खाएर कुनामा बस्ने सरह पनि नभएको टिप्पणी गरेपछि त्यसको जवाफ फर्काएका हुन्।

उनले लेखेका छन्, ‘प्रिय विश्व जी, एमालेका ठिटाहरू कुनामा बसुन् कि छेउमा, दुनामा खाउन् कि पातमा, किन फिक्री गर्नुहुन्छ ? कांग्रसलाई आफ्नै खुट्टामा उभिएर चुनाव लड्न सक्ने गरी तगडा बनाउनुस् न भई गयो नि।’

उनले एमाले कस्तो बनाउने भन्ने जिम्मा आफूहरूकै भएकाले त्यता चिन्ता नगर्न आग्रह गरेका छन्।

यो पनि पढ्नुहोस् : एमालेका युवाप्रति विश्वप्रकाशको टिप्पणी- दुनामा खाएर कुनामा बस्ने हैसियत पनि छैन (भिडिओ)

उनले भनेका छन्, ‘कांग्रेसका महामन्त्री नुन खाएको कुखुरा जस्तो भन्ने इमेज हटाउनुस् । एमालेले आफ्ना युवाहरूको पर्फर्मेन्स परीक्षण गर्न यहाँलाई जाँचकी राखेको पनि छैन । एमाले जस्तो बन्ला, कृपया प्रतिस्पर्धाको लागि अलि बढी मिहेनत गर्नुहोला !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर