विषालु च्याउ खाएर बिरामी परेकी महिलाको मृत्यु – Nepal Press

विषालु च्याउ खाएर बिरामी परेकी महिलाको मृत्यु

दाङ । रोल्पामा विषालु च्याउ खाँदा एक जनाको निधन भएको छ।

लुङ्ग्री गाउँपालिका-५ बुझिङकी २६ वर्षीया विमला बिकको निधन भएको प्रहरीले जनाएको छ।

विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाइ छ।

गत असार २६ गते विषालु च्याउ खादा विमलासँगै उनको परिवारका चार जना बिरामी परेका थिए।

विमलाको अवस्था जटिल बनेपछि थप उपचारको लागि ३१ असारमा लुम्बिनी सिटी हस्पिटल पुर्‍याइएको थियो। उनको शनिवार उपचारको क्रममा मृत्यु भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *