नेपाल कुरियर सेवा संघ बागमतीको अध्यक्षमा पाख्रिन – Nepal Press

नेपाल कुरियर सेवा संघ बागमतीको अध्यक्षमा पाख्रिन

हेटौंडा । नेपाल कुरियर सेवा संघ बागमतीको अध्यक्षमा विनोद बहादुर पाख्रिन चयन भएका छन् ।

शनिबार हेटौंडामा सम्पन्न प्रथम बागमती प्रदेश अधिवेशनले मकवानपुरका पाख्रिनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षद्वयमा चितवनका अर्पणवावु सुवेदी र मकवानपुरका केदारनाथ गौतम, सचिवमा मकवानपुरका रामप्रसाद पुडासैनी, सहसचिवमा चितवनका श्रीभद्र खनाल तथा कोषाध्यक्षमा मकवानपुरका कर्णराज गौतम चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा सिन्धुलीका कपिलकुमार श्रेष्ठ, धादिङका प्रेमबहादुर नेपाल क्षेत्री, चितवनका प्रवल भट्टराई, आईत गुरुङ र मकवानपुरका दिपकप्रसाद खनाल चयन भएका छन् ।

अधिवेशनले समितिको सल्लाहकारमा रामकृष्ण ढुंगानालाई चयन गरेको छ । नेपाल कुरियर सेवा संघको केन्द्रीय उपाध्यक्ष अनिलराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रीय उपाध्यक्ष सञ्जय मण्डल, केन्द्रीय सदस्य किरण थापा लगायतको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर