एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा चितवनका अनिल पोखरेल विजयी – Nepal Press

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा चितवनका अनिल पोखरेल विजयी

काठमाडौं । एनआरएन अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा पोखरेल दुई प्रत्यासी डिला खरेल र देव बहादुर गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

आफूलाई निर्वाचित गर्ने मतदाता र स्वच्छ निर्वाचन गर्ने निर्वाचन कमिटिलाई उनले धन्यवाद दिएका छन्।

निर्वाचनमा सहभागी भएपछि कोहि पहिलो हुने र दोश्रो हुने लोकतान्त्रिक प्रकृया भएकाले यस अभियानमा जित हार हुँदैन भन्नेमा आफू बिश्वाश गर्ने उनले बताए।

‘मलाई लाग्छ , समाजको लागी केहि गर्छु भनेर हिड्ने व्यक्तिले कहिले पनि हार्दैन, त्यसैले हामीले ( हाम्रो कार्यकालमा निर्वाचनमा सहभागी हुनु भएका सबै साथीहरुको उर्जालाई एकिकृति गर्दै समाज रुपान्तरणमा लाग्ने प्रतिबद्ता समेत ब्यक्त गर्दछौ। हामीले तपाईहरु माझमा प्रण गरेका प्रतिबद्धताहरु पुरा गर्ने छौ’, निर्वाचन पछि पोखरेलले भने, ‘तपाईको मत मात्र होइन आगामी कार्यकाल सफल गराउनको निम्ति तपाईको खबरदारी, सकारात्मक आलोचना र सुझाबको समेत अपेक्षा राख्दछु। अन्त्यमा फेरी पनि भन्छु , तपाई हामी सबै एकजुट भएर अब निर्वाचनलाई सहज रुपमा लिदै अगाडी बढ्नु पर्छ। सामाजिक एकता र भाईचारा नै हाम्रो समुदायको गहना हो त्यसैले यसलाई कायम गरौ।’

अध्यक्ष पोखरेल पेशाले सर्टिफाइड प्राक्टिसिङ एकाउन्ट सीपीए हुन् । एक दशकदेखि एनाअरएनएमा आबद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो ।

एनआरएनलाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उनले विशेष जोड दिँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर