रेशमको रोष- बाहुन नेताले हिन्दू राज्यलाई धर्मनिरपेक्ष बनाए, मधेशवादी नेताले ‘म देश’ सोचेर मधेशी ठगे (भिडिओ अन्तर्वार्ता) – Nepal Press

रेशमको रोष- बाहुन नेताले हिन्दू राज्यलाई धर्मनिरपेक्ष बनाए, मधेशवादी नेताले ‘म देश’ सोचेर मधेशी ठगे (भिडिओ अन्तर्वार्ता)

‘२०८४ मा नयाँ र पूरानालाई ढालेर नागरिक उन्मुक्ति ठूलो पार्टी बन्छ, भूमिहीनलाई जमिन बाँड्न नसके रन्जितासँग पहिलो विद्रोह मेरो हुनेछ’

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले ९० प्रतिशत हिन्दु धर्माबलम्बी रहेको नेपाललाई हिन्दु राज्य कायम गर्न आफू सहमत भएको बताएका छन् ।

नेपाल प्रेसको विशेष प्रस्तुति नेपाल टकमा अन्तरंग संवाद गर्दै थरुहट आन्दोलनका क्रममा साढे ९ वर्ष जेल बसेका चौधरीले थरुहट पहिचान दिन कन्जुस्याइ गर्ने हिन्दु ब्राम्हण नेतारुले नै नेपालको पहिचान मेटेर धर्म निरपेक्ष राज्य घोषित गेको अराोप समेत लगाए ।

हिन्दु राज्यबारे चौधरीले भने- हामीले पहिचान मागेको जम्माजम्मी थरुहट राज्यको नाम देऊ भनेको हो । यसो भन्दा हामीलाई दमन गर्नेहरुले नै ९० प्रतिशत ओमकार परिवार रहेको देशलाई हिन्दूराज्यबाट धर्म निरपेक्ष बनाएका हुन् । हामीलाई त हिन्दूराज्य मान्न कुनै समस्या छैन । यीनै नेताले हिन्दूराज्य फालेर अहिले बाउ आमा लिएर मठ मन्दिर जादैछन् । हामी थारु हौं र हाम्रो संस्कार नै हिन्दू हो । प्रकृति पुजक हौं र हामीले शिव पार्वती पुज्छौं । हाम्रो तन्त्र मन्त्रमा ब्रम्हा विष्णु महेश्वरकै प्रसंग छ, हामीले त हिन्दू राज्यको विरोध गरेका छैनौं नि । हामी त भन्छौं हाम्रो पहिचान थरुहट दिनुस,बहुसंख्यक नेपालीको पहिचान हिन्दू राज्य पनि फिर्ता लिनुस् ।

रेशम चौधरीलाई हत्याराको रुपमा चित्रित गर्ने टीकापुर घटनाका बारेमा उनले धेरैपटक स्पष्टिकरण दिइसकेका छन् । नेपाल टकमा उनले केही थप खुलासा र केही भावनात्मक कुरा गरेका छन् ।

टीकापुरबारे रेशमले भने

तपाई (प्रधान सम्पादक मात्रिका पौडेल) र म आर आर क्याम्पसमा सँगै काम गरेका र सँगै पढेका साथी हौं । तपाईलाई मैले मार्सल आर्ट सिकाएको छु । तपाई र मैले धेरै दुःख गरेका छौं जीवनमा । एक छाक भात खान नपाएर तपाईले र मैले सँगै बिताएका रातहरु सम्झिनुस्, के म हत्यारा हुन सक्छु ? तपाईले त मेरो संगत गर्नुभएको छ नि ? म जस्तो कोमल हृदयको मान्छेले त्यस्तो अपराध गर्न सक्छ ?

वास्तवमा टीकापुरमा जुन आमसभा भयो, उपेन्द्र यादव राजेन्द्र महतो, अमरेशकुमार सिंहलगायतले भाषण गरे । म त्यसको अध्यक्षता गरेको थिएँ । मैले नै रुखमुखी बसेर भाषण सुनिरहेका पहाडी समुदायका साथीहरुलाई देखाउँदै भनेको थिएँ- तपाईहरु त आज भाषण गरेर फर्किनु हुन्छ । तर हामी त यहाँ सँगै जिउनुपर्छ । हाम्रो दुश्मनी उनीहरुसँग होइन । वास्तवमा टीकापुर घटना हुँदा म बर्दियाको गुलरियामा थिएँ । मोटरसाइकल चलाइरहेको थिएँ,खबर आयो । टीकापुरको दृष्य एउटा देखियो त्यसको पटकथा अर्कै थियो र फिल्म अर्कै बन्यो । म कुखुरो समेत काट्न नसक्ने मान्छे हुँ । त्यो २ वर्षको बच्चा जसको निधन भयो ऊ मेरो भाइ नेत्र साउदको छोरा हो । नेत्र विहानसम्म मसँगै थियो । मैले यो भदौ ७ गते त्यो हत्याकाण्ड भएको दिन पारेर उद्घाटन गर्नेगरी त्यो मेरो भतिजको शालिक बनाइरहेको छु । गौरमा छपछपी मान्छे काट्नेहरु आज राज्यका प्यारा भएका छन् । १० वर्षसम्म सेना प्रहरीलाई दुश्मन घोषणा गरेर मान्छे मार्नेहरुले राज्य चलाएका छन् । हामी थारुले के अपराध गरेका छौं र आज हामीमाथि यस्तो व्यवहार ?

जेलबाट छुटेपछि रेशम चौधरी देश दौडामा छन् । उनी विशेषगरी मधेशमा केन्द्रित भइरहेका छन् । किन त ?

चौधरी भन्छन्-

अहिले रन्जिता चौधरी भूमि व्यवस्था मन्त्री छन् । हामीले तराई मधेशका भूमिहीन,सुकुम्बासीहरुलाई जग्गा दिन सकिएन भने सबैभन्दा पहिले रन्जिताको विरोधमा म उभिन्छु । वास्तवमा मैले मधेशमा बढी केन्द्रित भएको चाहिँ अहिलेसम्म परम्परागत मधेशवादी भनिने दलहरुले समस्यालाई आफ्नो स्वार्थमा प्रयोग गरे ।

मधेशका पूराना राजनीतिक खेलाडीहरुले त्यति सजिलै आत्मसमर्पण गर्दैनन् र उनीहरु हामीसँग एकता पनि गर्दैनन् । मधेशलाई उनीहरुले ‘म देश’का रुपमा सोच्छन् । म न शासक,म नै मधेशको मसिहा,म नै देश भनेर उनीहरुले सोचेका कारण अब नागरिक उन्मुक्ति पार्टीलालाई मधेशमा विस्तार गर्ने हो । हामी आउने चुनावपछि मधेशको एक नम्बर पार्टी नागरिक उन्मुक्ति बन्नेछ ।

रमेश चौधरीसँगको विस्तृत अन्तर्वार्ता र जीवनका धेरै नखुलेका पाटाहरुको रहस्योद्घाटन, भिडिओ अन्तर्वार्तामा गएर हेर्न सक्नु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर