देशभरका स्पाइन सर्जनहरू काठमाडौंमा (भिडिओ) – Nepal Press

देशभरका स्पाइन सर्जनहरू काठमाडौंमा (भिडिओ)

काठमाडौं । ढाडको बाङ्गोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरू काठमाडौंमा भेला भएका छन् । ढाडको बाङ्गोपनाको उपचार पद्धति, नवीनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न चिकित्सकहरू काठमाडौंमा भेला भएका हुन् ।

एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालले गरेको कार्यशालामा देशभरबाट ८० बढी चिकित्सकहरू भेला भएका हुन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा.विनोद बिजुक्छेले नेपालमा ढाडको बाङ्गोपना उपचार सेवा उत्कृष्ट भएको जानकारी दिने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताए ।

ढाड बाङ्गिने समस्या १६ वर्ष मुनिका बच्चाहरूमा देखिने विभिन्न अध्ययनहरूले देखाएको छ । कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाङ्गिन्छ । तर, बाङ्गिने पनि २० डिग्री भन्दा माथिको ढाड बाङ्गिएको छ भने त्यसले समस्या दिने चिकित्सकहरूले बताउँदै आएका छन् ।

ढाड बाङ्गिने समस्या छोराहरू भन्दा छोरीहरूलाई बढी देखिने पनि अध्ययनहरूले देखाएको डा. बिजुक्छेले बताए । धेरै जसो १० वर्षको उमेर गइसकेपछि बालिकाहरूलाई देखिने गरेको छ ।

ढाडको बाङ्गोपनाको समस्या सात महिला बराबर एक पुरुषमा देखिन्छ । उनले अस्पतालहरूबाट ढाडको बाङ्गोपनाको उपचार नेपालमा सर्वसुलभ रूपमा रहेको र सफल उपचार हुँदै आएको बताए । बिजुक्छेले कार्यशालामा अब आउने पुस्तालाई ढाडको बाङ्गोपना उपचार कसरी गर्ने ? उपचार पद्धति केके छन् भन्ने विषयमा छलफल भएको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष समेत रहेका हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा.गौरवराज ढकालले ढाडको ढाड बाङ्गिने रोग धेरैजसो बालिकाहरूमा देखिने गरेको बताए । उनले धेरैजसो १६ वर्षमुनिका बालिकामा ढाड बाङ्गिने रोग देखिने भन्दै रोकथामका लागि उपचारको उपाय अपनाइ सतर्क गराउँदै आएको बताए ।

ढाडको बाङ्गोपनाको उपचार समयमा गरिएन भने फोक्सो र मुटुमा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *