भ्रष्टाचारमा जुनसुकै दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भएपनि कारबाही हुन्छ : गृहमन्त्री (भिडिओ) – Nepal Press

भ्रष्टाचारमा जुनसुकै दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भएपनि कारबाही हुन्छ : गृहमन्त्री (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने स्पष्ट पारेका छन् ।

शनिवार काठमाडौंको गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आयोजित कार्यक्रममा श्रेष्ठले वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको भन्दै भ्रष्टाचारमा संलग्न जो सुकैलाई पनि कारबाही गरिने स्पष्ट पारेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने बताए । त्यस्तै उनले मुलुकमा सुशासन स्थापना गर्न सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ आवश्यक रहेको जिकिर गरे ।

भ्रष्टाचार र कमिसनले जरा गाड्दा राजनीतिक परिवर्तनपछि समृद्धिको यात्राले गुणात्मक फड्को मार्न नसकेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारले देशलाई बर्बाद बनाएको बताए ।

भ्रष्टाचार, बेतिथि र ठगी विरुद्धको अभियानले विश्राम नलिने पनि बताए । उनले समृद्धिको यात्रालाई अगाडि बढाएर मुलुकलाई समुन्नत बनाउने सहिदका सपना पूरा गर्न बाधक बनेको भ्रष्टाचारलाई जरैदेखि उन्मुलन गर्नु आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले उद्यानमा रहेको सहिद स्मारकको अवलोकन गर्दै सहिदप्रति माल्यार्पण गरेका थिए ।


प्रतिक्रिया

One thought on “भ्रष्टाचारमा जुनसुकै दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भएपनि कारबाही हुन्छ : गृहमन्त्री (भिडिओ)

  1. नौटंकी कुरा गर्ने मन्त्री । सुन लुकाउन दिने अनि गोदाममा छापा मार्ने । मुख्य तस्करलाई पहिला देश काट्न मौका दिने अनि घरमा जाने । अब १०० किलो सुन र दुई चार जना भरियालाई पकडिय‍ो, सकियो खेल । मुख्य तस्करसँग त मन्त्री र ठगबन्धनका नेताले पैसा खाएका छन् । २२ पटक सुन ल्यायो । अन्तिम पटक अर्थ र प्रधानमन्त्री कार्यालयबीच लेनदेन नमिल्दा अर्थले छाडेको सुन प्रधानमन्त्री कार्यालयले समात्यो । नक्कली भुटानी शरणार्थी ओझेलमा पार्न बालुवाटार काण्ड, बालुवाटार काण्ड छोप्न पशुपतिको जलहरी उचालेको अख्तियारले गएर जोख्दा सुन जस्तातस्तै भेटियो अनि अब यो सुन समाएर बालुवाटार काण्ड छोप्दैछ यो ठगबन्धनले । अब यो सुनकाण्ड छोप्न अर्को काण्ड ल्याउँछ । सबैभन्दा ठूलो तस्कर र भ्रष्टाचारीको संरक्षक त ठगबन्धन र यसका मन्त्री नै हुन् नि । के समात्नु यिनले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर